नियम ५
बिज्ञापन सामग्रीको परीक्षण
(१) बोर्डले सञ्चार माध्यमबाट प्रसारण_ गरिने विज्ञापनको सामग्री परीक्षण गर्न देहायका आधारमा मापदण्ड तयार गर्नेछ:-
(क) प्रसारण हुने विज्ञापन सामग्रीको प्रकृति र विषयवस्तु, (ख) बिज्ञापन सामग्री प्रसारण गरिने समय र प्रसारण अवधि,
(ग) विज्ञापन सामग्रीमा रहेका श्रव्य, दृश्य वा श्रव्यदृश्य, खण्ड, वाक्यांश, अक्षर, अङ्क, चिन्ह, आकार वा सङ्केत,
(घ) बोर्डले उपयुक्त ठानेका अन्य आधार ।
(२) उपनियम (१) बमोजिम तयार भएको मापदण्डको आधारमा बोर्डको अध्यक्ष वा निजले तोकेको अधिकृतले विज्ञापन सामग्री परीक्षण गर्नेछ।
(३) उपनियम (२) बमोजिम विज्ञापन सामग्री परीक्षण गर्न बोर्डले आवश्यकता अनुसार विज्ञको सेवा लिन सक्नेछ।
(४) उपनियम (२) बमोजिम विज्ञापन सामग्री परीक्षण गर्दा लाग्ने परीक्षण शुल्क बोर्डले निर्धारण गरे बमोजिम हुनेछ।