दफा १५
बिदा दिने अधिकारी
(१) महान्यायाधिवक्ताले दफा १४ मा उल्लिखित बिदाहरुमध्ये पर्व बिदा र भैपरी आउने बिदा आफै लिन सक्नेछ र अन्य बिदा प्रधानमन्त्री बाट स्वीकृत गराउनु पर्नेछ ।
(२) महान्यायाधिवक्ताले उपदफा (१) बमोजिम लिएको बिदाको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कार्यालयलाई दिनु पर्नेछ ।