दफा ३
बिनियोजन
(१) यस ऐनद्वारा सङ्घीय सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको: रकम आर्थिक वर्ष २०७९/०८० को लागि अनुसूची-२ को: महल ३ मा उल्लिखित निकायले गर्ने सेवा र कार्यको लागि विनियोजन गरिनेछ ।
(२) उपदफा (१) बमोजिम अनुसूची-२ को महल र मा उल्लिखित निकायले गर्ने सेवा र कार्यका निमित्त विनियोजन गरेको रकममध्ये कुनै अनुदान सङ्ख्यामा बचत हुने र कुनै अनुदान सङ्ख्यामा अपुग हुने देखिन आएमा नेपाल सरकार, अर्थ मन्त्रालयले बचत हुने अनुदान सङ्ख्याबाट अपुग हुने अनुदान सङ्ख्यामा रकमान्तर गर्न सक्नेछ। (३) उपदफा (२) बमोजिम रकमान्तर गर्दा जम्मा रकमको दश प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एकभन्दा बढी अनुदान सङ्ख्याबाट अर्को एक वा एकभन्दा बढी अनुदान सङ्ख्यामा रकमान्तर गर्न, निकासा र खर्च लेख्न, चालु तथा पुँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकमान्तर गर्न सकिनेछ।
तर,
(क) एउटै अनुदान सङ्ख्याभित्रका बजेट शीर्षक वा उपशीर्षकमा रकमान्तर गर्दा जतिसुकै रकम रकमान्तर गर्न सकिनेछ ।
(ख) पुँजीगत खर्च. र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालु खर्च शीर्षकतर्फ रकमान्तर गर्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम. व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र रकमान्तर गर्न सकिने छैन ।
(४) प्रदेश तथा स्थानीय तहका लागि अनुदान सङ्ख्या ७०१ र ८०१ मा विनियोजन भएको वित्तीय समानीकरण अनुदान रकम अन्य अनुदान सङ्ख्यामा रकमान्तर हुने छैन।
(५); उपदफा (१), (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुदान सङ्ख्या ५०१ देखि ६०२ सम्म विनियोजन भएको रकम जुन अनुदान सङ्ख्यामा निकासा र खर्च हुने हो सोही अनुदान सङ्ख्यामा रकमान्तर गर्न तथा निकासा र खर्च लेख्न बाधा पर्ने छैन।