नियम १९
बिरामी तथा अस्वस्थ बालबालिकाको भर्ना
(१) बाल सुधार गृहले बिरामी तथा अस्वस्थ बालबालिकालाई भर्ना गर्दा देहायका अवस्थासमेत हेरी भर्ना गर्नु पर्नेछ:-
(क) बालबालिकाको व्यवहार र अभिव्यक्ति असामान्य देखिएको वा नदेखिएको,
(ख) बालबालिकाको शरीरमा घाउचोट र नीलडाम देखिएको वा नदेखिएको ।
(२) उपनियम (१) मा उल्लिखित अवस्था देखिएमा पीडित बालबालिकाको अवस्थाका बारेमा प्रोवेशन अधिकारी र बाल अदालतलाई जानकारी दिनु पर्नेछ ।
(३) उपनियम (१). को अवस्था देखिएका बालबालिकालाई बाल सुधार गृहले तत्काल आवश्यक स्वास्थ्य उपचार, कानूनी सहायता र मनोसामाजिक परामर्श सेवा प्रदान गर्नु पर्नेछ।
(४) उपनियम (३) बमोजिमका सेवा प्रदान गर्दा बालबालिकाले बुझ्ने भाषामा त्यस्तो सेवाको आवश्यकता र परिणाम समेतको जानकारी बालमैत्री वातावरणमा दिनु पर्नेछ ।