नियम
बिवरण सच्याउन दिन सकिने
ऐन वा यस नियमावली बमाजिम पहिलो पटक बिवरण कर अड्डामा दाखिल भैसकेपछि बिवरण दाखिल गर्नेले भूल वा अन्य कारणले सच्याउन माग गरेमा त्यस्तो बिवरण कर अधिकृतले एक पटक सच्याउन दिन सक्नेछ । त्यसरी सच्याउन दिंदा अर्को रीतपूर्वकको बिवरण भरी दाखिल गर्नु गराउनु पर्छ । तर कर निर्धारण भैसकेपछि बिवरण सच्याउन दिइने छैन ।