नियम ३३
बीउ बिजन नमूना सङ्कलकको काम, कर्तव्य र अधिकार
बीउ बिजन नमूना सङ्ककलको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) बिक्री वितरण भैरहेको वा बिक्री वितरणको लागि राखिएको बीउ बिजनको भाँडामा संकेतपत्र र सो को विवरणहरू ठीक भए नभएको हेर्ने ।
(ख) बिक्री बितरण भइरहेको बीउ बिजन सूचित भए नभएको अनुगमन तथा निरीक्षण गर्ने ।
(ग) बीउ व्यवसायीसँग अनुमतिपत्र भए नभएको जाँच गर्ने ।
(घ) ऐनको दफा १३ को उपदफा १३.२ बमोजिम बीउ बिजन, बिक्री वितरण भए नभएको निरीक्षण गर्ने ।
(ङ) खण्ड (ख) र (ग) बमोजिम अनुगमन, निरीक्षण तथा जाँच गर्दा बीउ व्यवसायीले कृषि अनुसन्धानको प्रयोजनको लागि बाहेक सूचित नभएका बीउ बिजन बिक्री वितरण गरेको वा अनुमतिपत्र नलिई बीउ बिजन व्यवसाय सञ्चालन गरेको पाइएमा तत्काल बाली निरीक्षकलाई छिटो माध्यमद्वारा खबर गर्नु पर्नेछ ।
(च) खण्ड (क) बमोजिम निरीक्षण गरी बीउ बिजनको गुणस्तर यकिन गर्न तोकिए बमोजिमको प्रक्रिया अपनाई नमूना लिई केन्द्रीय वा सम्बन्धित क्षेत्रीय बीउ बिजन परीक्षण प्रयोगशालामा परीक्षण गर्न पठाउने ।
(छ) बीउ बिजन नमूना सङ्कलकले निरीक्षण गर्दा उपयुक्त नदेखिएमा वा परीक्षण पश्चात बीउ बिजनको गुणस्तर उपयुक्त नपाइएमा वा ऐन र नियमावली विपरीत कुनै काम कारबाही भए गरेको पाइएमा सम्बन्धित जिल्लाको सरकारी वकिलको राय लिई अनुसूची–२० बमोजिमको ढाँचामा मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्ने ।