नियम ३४
बीउ बिजन विश्लेषकको काम, कर्तव्य र अधिकार
बीउ बिजन विश्लेषकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) नेपाल सरकार वा समितिले स्वीकृत गरे बमोजिमको सेवा शुल्क लिई बीउ बिजनका नमूनाहरू परीक्षण गरी अनुसूची–१४ बमोजिमको ढाँचामा सम्बन्धित पक्षलाई नतिजा उपलब्ध गराउने ।
(ख) प्रयोगशालामा प्राप्त नमूनाहरूमध्ये कम्तीमा दश प्रतिशत नमूनाहरू तोके बमोजिम केन्द्रीय बीउ बिजन परीक्षण प्रयोगशालामा पठाउने ।
(ग) केन्द्रीय बीउ बिजन परीक्षण प्रयोगशालाले पठाएको मध्यस्थ नमूना परीक्षण गरी प्रतिवेदन पठाउने ।
(घ) परीक्षणको लागि प्राप्त गार्ड नमूना परीक्षण पश्चात कम्तीमा एक वर्षसम्म बीउको गुणस्तर कायम रहने गरी सुरक्षित साथ भण्डार गर्ने ।
(ङ) बीउ बिजन परीक्षण सम्बन्धमा समिति, केन्द्रीय बीउ बिजन परीक्षण प्रयोगशालाले दिएको सुझाव तथा निर्देशन कार्यान्वयन गर्ने ।