नियम १३
बीउ बिजनको अभिलेख

(१) नयाँ जातको बीउ बिजन अनुमोदन, उन्मोचन र दर्ता भएपछि जात अनुमोदन, उन्मोचन र दर्ता उपसमितिले अनुसूची–२ बमोजिमको ढाँचामा सो को अभिलेख राख्नु पर्नेछ ।
(२) नयाँ जातको बीउ बिजन अनुमोदन, उन्मोचन र दर्ता भएपछि जात अनुमोदन, उन्मोचन र दर्ता उपसमितिले सम्बन्धित प्रजनकलाई अनुसूची–३ बमोजिमको ढाँचामा प्रमाणपत्र दिई सो को अभिलेख राख्नु पर्नेछ ।
(३) एक पटक सूचित गरेको बीउ बिजनको जात पछि उपयुक्त वा आवश्यक छैन भन्ने देखिएमा त्यस्ता बीउ बिजनको जातलाई सूचित बीउ बिजनको अभिलेखबाट हटाउन परेमा सो को सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।