दफा ११
बीउ बिजनको किसिम वा जात सूचित गर्ने अधिकार
११.१ मन्त्रालयले कृषि कार्यको निमित्त प्रयोग गरिने बीउ बिजनको कुनै किसिम वा जातको गुणस्तर नियमित तथा नियन्त्रण गर्न आवश्यक देखेमा समितिको परामर्श लिई नेपालमा उन्मोचित किसिम वा जातका बीउ बिजनहरुलाई नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सूचित बीउ 'बिजनको रुपमा तोक्न सक्नेछ।
११.२ मन्त्रालयले कृषि कार्यको निमित्त प्रयोग गरिने आयातित वा _स्थानीय “जातका बीउ बिजनको कुनै किसिम वा जातको गुणस्तर नियमित तथा नियन्त्रण गर्न आवश्यक देखेमा समितिको निर्णय बमोजिम पञ्जीकरण _गरी त्यस्ता किसिम वा जातका बीउ बिजनहरुलाई पञ्जीकृत बीउ बिजनको रुपमा तोक्न सक्नेछ। त्यसरी बीउ बिजनहरुलाई पञ्जीकृत गरेको-सूचना मन्त्रालय तथा समितिको वेभसाइट र अन्य उपयुक्त माध्यमबाट प्रकाशन गर्नु पर्नेछ।
११.३ प्रदेश मन्त्रालयले आफ्नो क्षेत्रभित्र उपयुक्त हुने नेपालमा उन्मोचित किसिम वा जातका बीउ बिजन सूचित गर्न वा आयातित बाहेकको स्थानीय जातका बीउ बिजनको पञ्जीकृत गर्न चाहेमा तोकिएको मापदण्ड र प्रक्रिया पूरा गरी प्रदेश समितिको सिफारिसमा त्यस्तो बीउ बिजन प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी सूचित गर्न वा पञ्जीकृत गर्न सक्नेछ। त्यसरी बीउ बिजन सूचित वा पञ्जीकृत गर्दा प्रदेश मन्त्रालयले समितिसँग परामर्श लिनु पर्नेछ।
११.४ मन्त्रालय वा प्रदेश मन्त्रालयले उपदफा ११.१, ११.२ वा ११.३ बमोजिम सूचित बीउ बिजन वा पञ्जीकृत बीउ बिजन तोक्दा विभिन्न क्षेत्रको लागि उपयुक्त हुने बीउ बिजनको किसिम: वा: जात समेत तोक्नु पर्नेछ।
११. यस दफा बमोजिम पञ्जीकृत .बीउ बिजन खेतिका लागि उपयुक्त नदेखिएमा त्यसरी पञ्जीकरण गर्ने निकायले सार्वजनिक रुपमा: सूचना प्रकाशन गरी पञ्चीकृत बीउ बिजनको सूचीबाट हटाउनेछ। प्रदेश मन्त्रालयले उपदफा ११.३- बमोजिम पञ्जीकृत गरेको बीउ बिजन सो सूचीबाट हटाएमा त्यसको जानकारी समितिलाई दिनु पर्नेछ।
११.६ बीउ बिजनको जात सूचित गर्ने वा पञ्जीकरण गर्ने प्रक्रिया तोकिए बमोजिम हुनेछ र त्यसरी प्रक्रिया तोक्दा बालीहरुका प्रकृति अनुसार बीउ बिजनको जात सूचित गर्ने तथा आयातित वा स्थानीय जातका बीउ बिजनको पञ्जीकरण गर्ने प्रक्रिया फरक-फरक हुने गरी तोक्न सकिनेछ।