दफा १२
बीउ बिजनको न्यूनतम गुणस्तरको हद तोक्न सक्ने
१२:१ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सूचित बीउ बिजनमध्ये समितिको परामर्श लिई कुनै बीउ बिजनको हकमा न्यूनतम गुणस्तरको हद तोक्न सक्नेछ।
१२.२ मन्त्रालयले आफ्नो वेभसाइटमा र अन्य उपयुक्त माध्यमबाट सूचना प्रकाशन गरी दफा ११ को उपदफा ११.२ बमोजिम पञ्जीकृत बीउ बिजनमध्ये समितिको परामर्श लिई कुनै बीउ बिजनको हकमा न्यूनतम गुणस्तरको हद तोक्न सक्नेछ।
१२.३ प्रदेश मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी दफा ११ को उपदफा ११.३ बमोजिम सूचित वा पञ्जीकृत बीउ बिजनमध्ये प्रदेश बीउ बिजन समितिको परामर्श लिई कुनै बीउ बिजनको हकमा न्यूनतम गुणस्तरको हद तोक्न सक्नेछ ।