दफा ३६
बैंकका कर्मचारीहरु
(१) समितिले बैंकको काम सुचारु रुपले सञ्चालन गर्नको लागि आवश्यक कर्मचारी नियुक्त गर्नेछ । (२) उपदफा (१) बमोजिम नियुक्त कर्मचारीको सेवाको शर्त, पारिश्रमिक तथा अन्य सुविधा तोकिए बमोजिम हुनेछ ।