दफा
बैंकको अग्राधिकार
(१) बैंकले ऋणीलाई प्रदान गरेको कर्जा वा अन्य कुनै पनि किसिमको बैंकको दावी ऋणीबाट कर्जा असुलउपर गर्ने प्रयोजनको लागि त्यस्तो ऋणीको बैंकमा रहेको खाता वा अन्य कुनै बाणिज्य बैंक वा वित्तीय संस्थाको खातामा जम्मा रहेको नगद वा त्यस्तो ऋणीको नाममा रहेको अन्य कुनै पनि किसिमको चल अचल सम्पत्ति उपर दावी सुरक्षित गर्ने बैंकको अग्राधिकार हुनेछ । (२) उपदफा (१) बमोजिम बैंकको अग्राधिकार रहने नगद वा चल अचल सम्पत्तिलाई बैंकले आफनोे कब्जामा लिई तोकिएबमोजिम बिक्री गरी सोबाट आएको रकमबाट आफनोे कर्जा असुलउपर गर्नेछ ।