दफा
बैंकको उद्देश्य
(१) बैंकको उद्देश्य देहाय बमोजिम हुनेछः– (क)आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्नको लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सो को व्यवस्थापन गर्ने, (ख)वित्तीय सेवाको पहुँच अभिवृद्धि र बैकिङ्ग तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी बैकिङ्ग तथा वित्तीय प्रणाली प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने, (ग)सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्ने, (घ)……….. (ङ)……….. (२) उपदफा (१) बमोजिमको उद्देश्यमा कुनै प्रतिकुल प्रभाव नपर्ने गरी बैंकले नेपाल सरकारको आर्थिक नीति कार्यान्वयनमा सहयोग पु¥याउनेछ ।