दफा ७८
बैंकबाट ईजाजतपत्र लिनु पर्ने
(१) वाणिज्य बैंक तथा वित्तीय संस्थाले बैड्ढिड्ड तथा वित्तीय कारोबार गर्न बैंकबाट तोकिएबमोजिम इजाजतपत्र लिनु पर्नेछ । (२) उपदफा (१) बमोजिमको इजाजतपत्र प्रदान गर्दा बैंकले तोकिएबमोजिम आवश्यक शर्त समेत निर्धारण गरी इजाजतपत्र प्रदान गर्न सक्नेछ र त्यस्तो शर्तको पालना गर्नु सम्बन्धित इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको कर्तव्य हुनेछ ।