दफा ६९
बैंकर, सल्लाहकार र वित्तीय एजेन्ट
(१) बैंक नेपाल सरकारको बैंकर, आर्थिक विषयको सल्लाहकार तथा नेपाल ………….. को वित्तीय एजेन्ट हुनेछ । (२) नेपाल सरकारले बैंकको क्षेत्राधिकारसंग सम्बन्धित विषयमा बैंकसंग परामर्श लिनेछ । यसरी नेपाल सरकारबाट माग भएका विषयमा परामर्श दिनु बैंकको कर्तव्य हुनेछ । (३) प्रत्येक वर्ष नेपाल सरकारले वार्षिक बजेट तयार गर्दा आन्तरिक ऋण लगायत अधिविकर्षको सम्बन्धमा बैंकसंग परामर्श लिनेछ । (४) बैंकले प्रत्येक वर्ष आर्थिक तथा वित्तीय विषयमा नेपाल सरकार समक्ष पूर्व बजेटकालिन समिक्षा प्रतिवेदन पेश गर्नेछ ।