दफा ७
बैंकले गर्न नहुने काम
(१) यस ऐनमा व्यवस्था गरिएकोमा बाहेक बैंकले देहायका काम गर्ने छैनः–
(क)कुनै कर्जा प्रदान गर्ने, कुनै पनि किसिमको निक्षेप राख्ने वा कुनै किसिमको आर्थिक उपहार दिने,
(ख)कुनै बाणिज्य बैंक, वित्तीय संस्था, सार्वजनिक संस्थान वा कम्पनीको शेयर खरिद गर्ने वा अन्य कुनै पनि किसिमले कुनै वित्तीय, व्यापारिक, कृषि, औद्योगिक वा अन्य संस्थामा स्वामित्व सम्बन्धी अधिकार प्राप्त गर्ने,
(ग)कुनै किसिमको व्यापार गर्ने, वा
(घ)खरिद गरेर, भाडामा लिएर वा कुनै तरिकाबाट चल अचल सम्पत्ति माथि अधिकार प्राप्त गर्ने ।
तर आफनो कारोबार र व्यवस्था सञ्चालन गर्न वा आफनो उद्देश्य पूरा गर्न आवश्यक पर्ने सम्पत्ति भने बैंकले प्राप्त गर्न सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैंकले देहायका काम गर्न सक्नेछः–
(क)बैंकको आफनो काम कारबाही वा दायित्व पूरा गर्न सहयोग हुने काम कारबाही गर्ने संस्थालाई सो संस्थाको कुल पुँजीको दश प्रतिशत ननाघ्ने गरी ऋण प्रदान गर्ने वा त्यस्ता संस्थाको शेयरमा स्वामित्व प्राप्त गर्ने ।
स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि “बैंकको काम कारबाही वा दायित्व पूरा गर्न सहयोग हुने काम कारबाही गर्ने संस्था” भन्नाले विशुद्ध रुपमा बाणिज्य बैंक वा वित्तीय संस्थाको धितो मूल्याड्ढन, सञ्चालन र संरक्षण गर्ने, धितो पुनसंरचना गर्ने र हस्तान्तरण गर्ने, साख मूल्याड्ढन गर्ने, साख सूचना आदान प्रदान गर्ने, तथ्याड्ढ प्रशोधन गर्ने र संप्रेषण गर्ने, वित्तीय उपकरण मुद्रण गर्ने, भुक्तानीको क्लियरिड्ड गर्ने, सम्पत्तिलाई तरल बनाउने, बैंक नोट वा सिक्का उत्पादन गर्ने, ट्रष्टिको रुपमा काम गर्ने जस्ता बैंकले तोकेको अन्य कुनै पनि संस्था वा कम्पनी सम्झनु पर्छ ।
(ख)बैंकले आफनो कर्मचारीलाई कर्जा प्रदान गर्ने ।