नियम ११
बैठक सम्बन्धी कार्यविधि
: (१) जिल्ला बाल कल्याण समितिको बैठक आवश्यकतानुसार जिल्ला बाल कल्याण समितिको अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(२) जिल्ला बाल कल्याण समितिको कूल सदस्य संख्याको पचास प्रतिशत सदस्यहरु उपस्थित भएमा जिल्ला बाल कल्याण समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(३) जिल्ला बाल कल्याण समितिको बैठकको अध्यक्षता जिल्ला बाल कल्याण समितिको अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा उपस्थित सदस्यहरुले आफु मध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(४) जिल्ला बाल कल्याण समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(५) जिल्ला बाल कल्याण समितिको बैठक सम्बन्धी अन्य कार्यविधि जिल्ला बाल कल्याण समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।