नियम १८२
बैठकको अध्यक्षता
नियम १८१ बमोजिम पेश भएको प्रस्ताव अध्यक्षको विरूद्ध भएमा सो प्रस्तावमाथि छलफलको लागि तोकिएको दिन उपाध्यक्षले सभाको अध्यक्षता गर्नेछ । अध्यक्ष र उपाध्यक्ष दुवै उपर यस परिच्छेद बमोजिमको प्रस्ताव एकै पटक पेश भएको अवस्थामा नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न मनोनीत सदस्य मध्येको उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्नेछ ।