नियम ४
बैठकमा भाग लिन नहुने
बोर्डको बैठकको कार्यसूचीमा समावेश भएको कुनै विषयमा कुनै सदस्यको निजी स्वार्थ रहेको भएमा सम्बन्धित सदस्यले त्यस्तो बैठकमा भाग लिन हुँदैन । स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि "निजी स्वार्थ" भन्नाले कुनै सदस्य वा निजको परिबारको सदस्यको कुनै किसिमको हक, हित, स्वार्थ बा सरोकार रहेको देहायको विषय सम्झनु पर्छः-
(क) परियोजना वा लगानीकर्ता छनौट सम्बन्धी विषय,
(ख) लगानीको अनुमतिपत्र दिने विषय,
(ग) लगानीको अनुमतिपत्र रद्द गर्ने विषय,
(घ) परियोजनाको वातावरणीय अध्ययन सम्बन्धी विषय,
(ङ) परियोजना कार्यान्वयनको अनुगमन सम्बन्धी विषय,
(च) परियोजना हस्तान्तरण वा हस्तान्तरण भएको परियोजनाको सञ्चालन सम्बन्धी विषय,
(छ) परियोजनालाई दिइने थप सुविधा वा लगानीको संरक्षण सम्बन्धी विषय,
(ज) बोर्डले निजी स्वार्थ अन्तर्गत पर्ने भनी तोकेको अन्य विषय।