नियम ७
बोर्डको अध्यक्ष पदमा नियुक्त हुन नसक्ने
: देहायको व्यक्ति बोर्डको अध्यक्ष पदमा नियुक्त हुन सक्ने छैन:-
(क) गैरनेपाली नागरिक,
(ख) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसार पसार, लागू औषध बिक्री वितरण वा ओसार पसार, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा अदालतबाट सजाय पाएको,
(ग) भविष्यमा सरकारी वा सार्वजनिक संस्थाको सेवाको निमित्त अयोग्य ठहरिने गरी पदबाट बर्खास्त गर्ने गरी विभागीय सजाय पाएको,
(घ) कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको,
(ङ) प्रचलित कानून बमोजिम कालो सूचीमा परेको,
(च) दामासाहीमा परेको, वा
(छ) मानसिक सन्तुलन ठीक नभएको ।