नियम
बोर्डको अध्यक्षको काम, कर्तव्य र अधिकार
: (१) बोर्डको अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-

(क) बोर्डको अल्पकालीन र दीर्घकालीन नीति, योजना र कार्यक्रम तर्जुमा गर्ने, गराउने,

(ख) बोर्डसँग सम्बद्ध स्वदेशी, विदेशी, सरकारी एवं गैरसरकारी संस्था वा व्यक्तिसँग समन्वय कायम गर्ने, गराउने,

(ग) बोर्ड अन्तर्गत सञ्चालित परीक्षा सम्बन्धी योजना तथा कार्यक्रमहरुको प्रगति मूल्याङ्कन गर्ने, गराउने,

(घ) बोर्डबाट सञ्चालित परीक्षाहरुको अनुगमन तथा निरीक्षण गर्ने, गराउने,

(ङ) बोर्ड समक्ष पेश गर्ने प्रस्तावहरु तयार गर्न लगाउने,

(च) बोर्डको वार्षिक प्रतिवेदन तयार गर्न लगाउने ।

(२) बोर्डको अध्यक्षले आफुलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार बोर्डका सदस्य-सचिव वा बोर्डका अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ।