दफा
बोर्डको उद्देश्य

बोर्डको उद्देश्य देहाय बमोजिम हुनेछ
(क) चिया तथा कफी उद्योगको विकासको लागि उत्पादन, प्रशोधन, बजार व्यवस्थापन तथा निकासी पैठारी सम्बन्धी नीति तर्जुमा गरी कार्यान्वयन गर्ने गराउने,
(ख) चिया तथा कफी खेती उद्योगको विकासमा देखा परेका समस्याहरुको निराकरणका उपायहरु पत्ता लगाउने,
(ग) चिया तथा कफी उद्योगको विकासको लागि चिया तथा कफी खेती र प्रशोधनको लागि आवश्यक पर्ने सामग्रीहरुको आपूर्तिको व्यवस्था गर्ने, गराउने,
(घ) चिया तथा कफी उद्योगको विकासको लागि तालिम तथा अनुसन्धान केन्द्र स्थापना गरी चिया तथा कफी उद्योगमा कार्यरत व्यक्ति वा संस्थाहरुलाई आधुनिक प्राविधिक ज्ञान, प्रशिक्षण र प्राविधिक सहयोग उपलब्ध गराउने,
(ङ) चिया तथा कफी उद्योगको विकासको लागि आवश्यक अध्ययन गर्ने, गराउने,
(च) चिया तथा कफी उद्योगको क्षेत्रमा कार्यरत संस्थाहरुसंग समन्वय गर्ने,
(छ) चिया तथा कफी उद्योगलाई सहयोग पु¥याउने ।