Preamble ०
प्रस्तावना
– चिया तथा कफी खेती र प्रशोधन गर्ने कार्यमा सामञ्जस्य ल्याउन, आधुनिक प्रविधिको प्रयोगद्वारा उच्च गुणस्तरको चिया तथा कफी उत्पादन गर्ने र बजार व्यवस्थापन तथा निकासी पैठारी गर्नको लागि एक ठोस नीति निर्माण गरी देशमा भएका चिया तथा कफी उद्योगको योजनाबद्ध रुपमा विकास गर्न राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना र त्यसको कार्य सञ्चालन सम्बन्धी व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको बाइसौं वर्षमा संसदले यो ऐन बनाएको छ ।