दफा ३९
बोर्डको काम, कर्तव्य र अधिकार
: यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त बोर्डको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) अन्तर्राष्ट्रिय श्रम बजारको अध्ययन गर्ने गराउने र नयाँ अन्तर्राष्ट्रिय श्रम बजारको खोजी गर्ने गराउने,
(ख) वैदेशिक रोजगार प्रवद्र्धनको लागि सूचना सङ्कलन, प्रशोधन र प्रकाशन गर्ने,
(ग) वैदेशिक रोजगार कल्याणकारी कोषको परिचालन गर्ने गराउने,
(घ) वैदेशिक रोजगारीमा गएका कामदारको हित संरक्षण सम्बन्धी आवश्यक कार्य गर्ने गराउने,
(ङ) विदेशबाट फर्की आएका कामदारको सीप, पुँजी र निजले सिकेको प्रविधि उपयोग गरी राष्ट्रहितमा लगाउने कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्ने,
(च) विभिन्न मुलुकसँग गरिने श्रम सम्झौता सम्बन्धी आवश्यक कार्य गर्ने,
(छ) वैदेशिक रोजगार अभिमुखीकरण तालिम दिने संस्था दर्ता गर्न योग्यता तोक्ने,
(ज) वैदेशिक रोजगार अभिमुखीकरण तालिमको पाठ्यक्रम तर्जुमा र स्वीकृत गर्ने,
(झ) वैदेशिक रोजगार व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा वैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हकहितको संरक्षण गर्ने सम्बन्धमा अवलम्बन गर्नु पर्ने अल्पकालिन र दीर्घकालिन नीति तर्जुमा गरी नेपाल सरकार
समक्ष पेश गर्ने,
(ञ) वैदेशिक रोजगार ऐनको कार्यान्वयन सम्बन्धमा समष्टीगत रुपमा अध्ययन गरी नेपाल सरकारलाई सुझाव दिने,
(ट) वैदेशिक रोजगार सम्बन्धी कानूनको पुनरावलोकन गर्नु पर्ने देखिएमा सोको पुनरावलोकन गरी आवश्यक सुधारको लागि नेपाल सरकारलाई सुझाव दिने,
(ठ) सेवा शुल्क तथा प्रवद्र्धन खर्च निर्धारण गर्ने सम्बन्धमा नेपाल सरकारलाई परामर्श दिने,
(ड) नेपाली कामदारले विदेशमा कमाएको आय सरल र सुलभ तरिकाले नेपाल भित्र्याउने सम्बन्धमा आवश्यक प्रबन्ध मिलाउनको लागि नेपाल सरकारलाई परामर्श दिने,
(ढ) वैदेशिक रोजगार सम्बन्धी कानून विपरीत कुनै काम कारबाही कसैबाट भए गरेको पाइएमा आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा लेखी पठाउने,
(ण) वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्रप्राप्त संस्थाको अनुगमन गर्ने,
(त) अभिमुखीकरण तालिम दिन र सीपमूलक तालिम दिन अनुमतिपत्र वा इजाजतपत्रप्राप्त संस्थाको अनुगमन गर्ने गराउने,
(थ) खण्ड (ण) र (त) बमोजिम अनुगमन गर्दा वा गराउँदा कसैबाट ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम भएको पाइएमा आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा लेखी पठाउने,
(द) आले सञ्चालन गरेको कार्यहरुको वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्ने,
(ध) तोकिए बमोजिमको अन्य काम गर्ने गराउने ।