दफा १५
बोर्डको काम, कर्तव्य र अधिकार
(१) यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त बोर्डको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ
(क) स्वास्थ्य बीमा सम्बन्धी नीति, रणनीति, योजना, कार्यक्रम तथा बजेट तर्जुमा तथा स्वीकृत गरी कार्यान्वयन गर्ने, गराउने,
(ख) सेवाको स्तर निर्धारण गर्ने,
(ग) सेवा उपलब्ध गराए बापतको भुक्तानीको विधि र दर तोक्ने,
(घ) कोषको व्यवस्थापन, संरक्षण तथा सुरक्षित लगानी नीति तय गर्ने,
(ङ) बोर्डको सङ्गठन संरचना र दरबन्दी स्वीकृतिका लागि मन्त्रालयमा पेश गर्ने,
(च) सेवा प्रदायकको काम कारबाहीको अनुगमन, नियमन र मूल्याङ्कन गर्ने, गराउने ।
(छ) तोकिए बमोजिमका अन्य कार्य गर्ने ।
(२) बोर्डले आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार आवश्यकता अनुसार बोर्डको सदस्य वा कुनै अधिकृत कर्मचारी वा स्थानीय तहलाई प्रत्यायोजन गर्न सक्नेछ ।