दफा
बोर्डको काम, कर्तव्य र अधिकार

बोर्डको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ
(क) नेपाल मा चिया तथा कफी खेतीको विस्तार तथा विकास गराउन चिया तथा कफी उद्योगको स्थापना, सुधार, प्रवद्र्धन तथा संरक्षण गर्न आवश्यक नीति तर्जुमा गरी कार्यान्वयन गर्ने, गराउने,
(ख) चिया तथा कफी खेतीको विकास र विस्तारका लागि आवश्यक पर्ने प्राविधिक एवं वित्तीय आधारहरु तयार पारी सोही अनुसार कार्यान्वयन गर्ने, गराउने,
(ग) चिया तथा कफीको मूल्यको सम्बन्धमा नेपाल सरकारलाई परामर्श दिने,
(घ) साना स्तरमा चिया तथा कफी खेती गर्ने कृषकहरुलाई आवश्यक पर्ने कर्जा, बीउ, बेर्ना, रासायनिक मल, कीटनाशक औषधि, औजार, इन्धन, प्राविधिक सेवा, आदिको आपूर्तिको व्यवस्था गर्ने, गराउने,
(ङ) चिया तथा कफी लगाउन उपयुक्त सरकारी ऐलानी जग्गाहरु नेपाल सरकारबाट उपलब्ध गरी चिया तथा कफी लगाउने वा लिज वा किस्ताबन्दीमा दिई चिया तथा कफी खेती गराउने,
(च) चिया तथा कफी बजार व्यवस्थालाई विकास गर्न समय समयमा बजार सर्भेक्षण गरी उपभोक्ताले रुचाएका चिया तथा कफीको गे्रड र किसिम आदि यकीन गर्ने र चिया तथा कफीको गुणस्तर निर्धारण गर्ने, गराउने,
(छ) अन्तर्राष्ट्रिय बजारमा चिया तथा कफीको माग सम्बन्धमा निर्यातकर्ताहरुलाई जानकारी गराउने,
(ज) नेपाल मा चिया तथा कफी उद्योगको विकास तथा विस्तार गर्नको लागि आवश्यक अध्ययन गर्ने, गराउने,
(झ) चिया तथा कफी उद्योगमा कार्यरत व्यक्ति वा संस्थाहरुलाई प्राविधिक ज्ञान, प्रशिक्षण तथा प्राविधिक सहयोग प्रदान गर्न तालिम तथा अनुसन्धान केन्द्र स्थापना गर्ने, गराउने,
(ञ) चिया तथा कफी उद्योगमा संलग्न व्यक्तिहरुको सीप विकासको लागि ती व्यक्तिहरुलाई विदेशमा आवश्यक तालिम, सेमिनार एवं उच्च शिक्षा दिलाउन आवश्यक व्यवस्था गर्ने,
(ट) चिया तथा कफी उद्योगको विकासको लागि सरकारी तथा निजी क्षेत्रहरुमा भईरहेका प्रयासहरुलाई समन्वय गर्ने, गराउने,
(ठ) चिया तथा कफी उद्योगसंग सम्बन्धित व्यवस्थापन र मजदुर बीच समझदारी बृद्धि गर्न गराउनका लागि आवयश्क कार्य गर्ने, गराउने,
(ड) चिया तथा कफी उद्योगहरुको दर्ताको लगत राख्ने,
(ढ) चिया तथा कफी उद्योगहरुमा व्यवस्थापन सुधार गर्नका लागि आवश्यक कार्य गर्ने, गराउने,
(ण) नेपाल सरकारको स्वीकृति लिई चिया तथा कफीमा सेवा शुल्क (सेस) लगाउने,
(त) चिया तथा कफी उद्योगको विकास सम्बन्धी अन्य आवश्यक कार्य गर्ने, गराउने ।