दफा
बोर्डको काम, कर्तव्य र अधिकार
 बोर्डको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) लगानी सम्बन्धी नीति तर्जुमा गर्ने वा गराउने,
(ख) दफा ९ मा लेखिएका लगानीका क्षेत्रमध्ये प्रतिस्पर्धात्मक वा प्राथमिकताका क्षेत्रको छनौट गर्ने वा गराउने,
(ग) लगानी योग्य परियोजनाको छनौट गरी प्रस्ताव आह्वान, प्राप्त प्रस्तावको मूल्याङ्कन, लगानीकर्तास“ग वार्ता, लगानीको स्वीकृति प्रदान, प्रस्तावकस“ग तोकिए बमोजिम सम्झौता गराउने,
(घ) लगानीका सम्बन्धमा भएको सम्झौता बमोजिम परियोजना निर्माण, कार्यान्वयन वा सञ्चालन भए वा नभएको अनुगमन गर्ने वा गराउने,
(ङ) आर्थिक वा गैर आर्थिक सुविधा निर्धारण गरी उपलब्ध गराउने,
    तर, त्यसरी सुविधा उपलब्ध गराउ“दा निश्चित मापदण्डको आधारमा कार्यविधि तयार गरी  उपलब्ध गराउनु पर्नेछ ।
(च) परियोजना विश्लेषण सम्बन्धी मापदण्ड तयार, लगानीका शर्त निर्धारण तथा लगानीकर्तास“ग सम्झौता गराउने,
(छ) स्वीकृत लगानीका लागि प्रचलित कानून बमोजिम आवश्यक सरकारी जग्गा उपलब्ध गराउने वा जग्गा प्राप्त गरिदिने,
(ज) लगानी प्रवद्र्धनका लागि विभिन्न मन्त्रालय, सरकारी तथा स्थानीय निकायबीच समन्वय गर्ने वा गराउने,
(झ) परियोजनाहरुको शीघ्र निर्णय र समस्याको छिटो छरितो उपचार प्रदान गर्ने,
(ञ) लगानी प्रवद्र्धन गर्नका लागि विदेशस्थित नेपाली नियोगहरुलाई परिचालन गर्ने वा गराउने,
(ट) लगानी प्रवद्र्धन सम्बन्धी तोकिए बमोजिमका अन्य कार्य गर्ने वा गराउने ।