नियम ४७
बोर्डको कोष सम्बन्धी व्यवस्था
(१) ऐनको दफा ५७ बमोजिमको कोषमा रहने रकम बोर्डले तोकेको प्रचलित कानून बमोजिम स्थापित "क" वर्गको कुनै वाणिज्य बैङ्कमा खाता खोली जम्मा गरिनेछ ।
(२) उपनियम (१) बमोजिमको खाताको सञ्चालन प्रमुख कार्यकारी अधिकृत वा निजले तोकेको अधिकृत कर्मचारी र कार्यालयको लेखा शाखाको प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ।