दफा ३८
बोर्डको गठन
: (१) वैदेशिक रोजगार व्यवसायलाई प्रवद्र्धन गर्ने र सो व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा वैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हक हितको संरक्षण गर्न आवश्यक कार्य गर्ने प्रयोजन समेतको लागि देहाय बमोजिमको एक वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको गठन हुनेछ :
(क) श्रम तथा यातायात व्यवस्था मन्त्री÷राज्यमन्त्री – अध्यक्ष
(ख) श्रम तथा यातायात व्यवस्था राज्यमन्त्री÷सहायक मन्त्री – उपाध्यक्ष
(ग) सदस्य, राष्ट्रिय योजना आयोग (सम्बन्धित क्षेत्र हेर्ने) – सदस्य
(घ) सचिव, श्रम तथा यातायात व्यवस्था मन्त्रालय– सदस्य
(ङ) सचिव वा निजले तोकेको रा.प.प्रथम श्रेणीको प्रतिनिधि, गृह मन्त्रालय – सदस्य
(च) सचिव वा निजले तोकेको रा.प.प्रथम श्रेणीको प्रतिनिधि, परराष्ट्र मन्त्रालय – सदस्य
(छ) सचिव वा निजले तोकेको रा.प.प्रथम श्रेणीको प्रतिनिधि, अर्थ मन्त्रालय– सदस्य
(ज) सचिव वा निजले तोकेको रा.प.प्रथम श्रेणीको प्रतिनिधि, कानून, न्याय तथा
संसदीय व्यवस्था मन्त्रालय – सदस्य
(झ) सचिव वा निजले तोकेको रा.प.प्रथम श्रेणीको प्रतिनिधि, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय – सदस्य
(ञ) महानिर्देशक, विभाग – सदस्य
(ट) प्रतिनिधि (प्रथम श्रेणी सरह), नेपाल राष्ट्र बैङ्क– सदस्य
(ठ) वैदेशिक रोजगारका विशेषज्ञहरुमध्येबाट नेपाल सरकारद्वारा मनोनीत एकजना महिला समेत दुई जना – सदस्य
(ड) वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष र सोही संघले मनोनयन गरी
(ढ) वैदेशिक रोजगार सम्बन्धी सीपमूलक र अभिमुखीकरण तालिम सञ्चालकहरु मध्येबाट नेपाल सरकारद्वारा मनोनीत एकजना महिला सहित दुईजना – सदस्य
(ण) दफा ७२ बमोजिम स्वीकृतिप्राप्त स्वास्थ्य संस्थाका कम्तीमा एम.बी.बी.एस. उत्तीर्ण चिकित्सकमध्ये नेपाल सरकारद्वारा मनोनीत एक जना – सदस्य
(त) नेपाल सरकारले तोकेका कुनै चारवटा मान्यताप्राप्त ट्रेड युनियन महासंघको अध्यक्ष वा त्यस्ता महासंघले मनोनयन गरी पठाएका एक–एकजना प्रतिनिधि गरी चारजना – सदस्य
(थ) प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघ– सदस्य
(द) प्रतिनिधि, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् – सदस्य
(ध) कार्यकारी निर्देशक – सदस्य–सचिव
(२) उपदफा (१) बमोजिम नेपाल सरकारद्वारा मनोनीत सदस्यहरुको पदावधि दुई वर्षको हुनेछ ।