दफा ४०
बोर्डको बैठक र निर्णय
: (१) बोर्डको बैठक आवश्यकता अनुसार बस्नेछ ।
(२) बोर्डको बैठक बोर्डको अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(३) बोर्डका कूल सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरु उपस्थित भएमा बोर्डको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(४) बोर्डको बैठकको अध्यक्षता बोर्डको अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा उपाध्यक्ष भए उपाध्यक्षले र उपाध्यक्ष नभएको अवस्थामा बैठकमा उपस्थित सदस्यहरुले आपूmमध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(५) बोर्डको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने सदस्यले निर्णायक मत दिनेछ ।
(६) बोर्डको निर्णय बोर्डको सदस्य–सचिवले प्रमाणित गर्नेछ ।
(७) बोर्डले सम्बन्धित विशेषज्ञ वा पदाधिकारीलाई बोर्डको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
(८) बोर्डको बैठक सम्बन्धी अन्य कार्यविधि बोर्ड आ फैले निर्धारण गरे बमोजिम हुनेछ ।
(९) बोर्डको अध्यक्ष तथा सदस्यले बोर्डको बैठकमा भाग लिए बापत नेपाल सरकारले तोके बमोजिमको बैठक भत्ता पाउनेछन्।