नियम ३
बोर्डको बैठक सम्बन्धी कार्यविधि
(१) ऐनको दफा ४ को उपदफा (१) बमोजिम
बोर्डको बैठक बस्ने मिति, समय र स्थानको सूचना कम्तीमा चौबीस घण्टा अगाडी नै
सदस्य–सचिवले बोर्डको प्रत्येक सदस्यलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सूचना दिँदा बैठकको कार्यसूची समेत उपलब्ध
गराउनु पर्नेछ ।
(३) बोर्डमा तत्काल कायम रहेका कूल सदस्य सङ्ख्याको पचास प्रतिशत भन्दा
बढी सदस्य उपस्थित भएमा बोर्डको बैठकका लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।
तर बोर्डको अध्यक्ष वा उपाध्यक्ष उपस्थित नभई बोर्डको बैठक बस्न सक्ने छैन ।
(४) बोर्डको बैठकमा बहुमत सदस्यको राय मान्य हुनेछ र मत बराबर भएमा
अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(५) बोर्डको निर्णय यो प्रयोजनको लागि व्यवस्था गरिएको निर्णय पुस्तिकामा
सदस्यहरूको उपस्थिति जनाई अभिलेख गरिनेछ ।
(६) बोर्डको निर्णय उपनियम (५) बमोजिम अभिलेख गर्नु अघि सदस्य–सचिवले
त्यसको मसौदा तयार गरी यथाशिघ्र सदस्यहरूको प्रतिक्रियाको लागि पठाउनेछ ।
(७) उपनियम (६) बमोजिम सदस्य–सचिवले पठाएको निर्णयमा कुनै प्रतिक्रिया
वा टिप्पणी भए सदस्यले त्यस्तो मसौदा पाएको चौबीस घण्टाभित्र लिखित रुपमा सदस्य–
सचिवलाई जानकारी दिनु पर्नेछ ।
(८) उपनियम (७) बमोजिम कुनै सदस्यले बोर्डको निर्णयको मसौदा उपर कुनै
टिप्पणी वा प्रतिक्रिया दिएमा सदस्य– सचिवले सो कुरा अध्यक्ष समक्ष पेश गर्नेछ र
अध्यक्षले दिएको निर्देशन बमोजिम निर्णय अभिलेख गर्नेछ ।
(९) उपनियम (७) बमोजिम पठाएको निर्णयको मसौदामा कुनै प्रतिक्रिया वा
टिप्पणी प्राप्त नभएमा त्यस्तो निर्णयमा सम्बन्धित सदस्यको सहमति भएको मानिनेछ र
अभिलेख गरिनेछ ।
(१०) उपनियम (८) वा (९) बमोजिम अभिलेख गरिएको निर्णयको सदस्य–
सचिवले यथाशिघ्र कार्यान्वयन गर्नु वा गराउनु पर्नेछ ।