दफा ३३
ब्याज तिर्नुपर्ने
सम्झौतामा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै पक्षले अर्को पक्षला कुनै रकम बुझाउनु पर्ने गरी मध्यस्थको निर्णय भएको रहेछ भने विवादसंग सम्बन्धित व्यवसायको प्रकृति उपर समेत विचार गरी त्यस्तो कारोबारमा वाणिज्य बैंकले तत्काल अपनाएको व्याज दर भन्दा बढी नहुने गरी मध्यस्थले तोकिदिएको व्याज समेत बुझाउनु पर्नेछ ।
तर मध्यस्थको निर्णय भएको मितिदेखि यस ऐन बमोजिम निर्णय कार्यान्वयन गर्नु पर्ने समयावधिसम्मको अवधिको हकमा भने कुनै ब्याज लाग्ने छैन ।