दफा ३२
भन्सार सम्बन्धी कार्य
– प्रचलित भन्सार सम्बन्धी कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम पैठारी गरिएका बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कण्ट्रोल एजेण्ट, लाभदायक कीरा, अन्य वस्तु, बिरुवा हुर्कने माध्यम जस्तै माटो, झ्याउ, पीट आदिलाई प्लाण्ट क्वारेन्टाइन चेक पोष्ट वा कार्यालयबाट नेपालभित्र प्रवेश गर्ने अनुमति प्राप्त भएपछि मात्र सम्बन्धित भन्सार कार्यालयले भन्सार सम्बन्धी प्रक्रिया अगाडि बढाउनु पर्नेछ ।