(१) भवन निर्माण सम्बन्धी व्यवस्थालाई सुदृढिकरण गर्नको लागि नेपाल सरकारले भवन निर्माण व्यवस्था सुदृढिकरण समिति गठन गर्नेछ ।
(२) उपदफा (१) बमोजिमको समितिमा देहायका अध्यक्ष तथा सदस्यहरु रहनेछन् –
(क) सचिव, सहरी विकास मन्त्रालय – अध्यक्ष
(ख) प्रतिनिधि, राष्ट्रिय योजना आयोग – सदस्य
(ग) प्रतिनिधि, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय – सदस्य
(घ) सदस्य–सचिव, नेपाल गुणस्तर परिषद् – सदस्य
(ङ) डीन, इन्जिनियरिड्ड अध्ययन संस्थान – सदस्य
(च) सहसचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नगरपालिका महाशाखा हेर्ने) – सदस्य
(छ) प्रमुख, व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र –सदस्य
(ज) भवन निर्माण सम्बन्धमा विशेष ज्ञान भएका व्यक्तिहरु मध्ये
सहरी विकास मन्त्रालयले मनोनीत गरेको बढीमा तीनजना व्यक्तिहरु–सदस्य
(झ) महानिर्देशक, शहरी विकास तथा भवन निर्माण विभाग – सदस्य सचिव
(३) ……………
(४) समितिले आवश्यक देखेमा सम्बन्धित स्वदेशी वा विदेशी विशेषज्ञ वा अन्य कुनै व्यक्तिलाई समितिको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
(५) समितिको सचिवालयको रुपमा शहरी विकास तथा भवन निर्माण विभागले काम गर्नेछ ।