दफा ४४
भावी पेश्की
परिपक्व धितोको हकले धितो लिने व्यक्तिले भविष्यमा दिनु पर्ने ऋण दायित्व सुरक्षित गर्ने भएमा धितो लिने व्यक्तिले लियनहोल्डरको हकको सम्बन्धमा वास्तविकरुपमा थाहा पाएपछि वा लियनहोल्डरको हकसम्बन्धी सूचना दर्ता कार्यालयमा दर्ता गरेको मितिले एक्काइस दिन पछिको अवधिमध्ये जुन अघिल्लो हुन्छ त्यसपछि दिइने पेश्कीको हदसम्म लियनहोल्डरको अधिकारले धितोको हकउपर प्राथमिकता पाउनेछ ।