दफा ८८झ
भुक्तानीको प्राथामीकताक्रम
(१) फरफारखको प्रक्रियामा रहेको सम्बन्धीत वाणिज्य बैंकवा वित्तीय संस्थाको सम्पत्ती बिक्रिबाट प्राप्त रकम निक्षेपकर्ता, साहु र विशेष प्रशाषन समूहले मूल्यांकन गरी भुक्तानी गनुै पर्ने देखिएका अन्य व्यक्तिहरुलाई भुक्तानी गर्ने तथा रकम छु्ट्याउने कार्य देहाय बमोजीमको प्राथामिकताका आधारमा गर्नु पर्नेछः–
(क) यस ऐनको व्यवस्थाको कार्यान्वयनका लागि बैंकतथा विशेष प्रशाषन समूहले गरेका खर्च, कर्मचारीको पारिश्रमीक र सुविधा बापतको खर्च, सो सम्बन्धमा काममा लगाइएका पेशागत व्यवसायीको शुल्क तथा अन्य सम्बद्द खर्च लगायत फरफारखको प्रक्रियामा गरेको आवश्यक खर्च,
(ख) निक्षेपकर्ताको कुल स्वीकृत दाबी रकमको सीमामा नबढ्न् गरी प्रचलित कानून बमोजीम भएका निक्षेप बीमा सुरक्षण सम्मको रकम वा त्यस्तो निक्षप रकम कानून बमोजीम स्थापना भएको निक्षेप बीमा सुरक्षण गर्ने संस्थाले निक्षेपकर्तालाई भुक्तानी गरेको भए सो बराबरको रकम,
(ग) खण्ड (ख) बमोजीम भुक्तानी भई बाँकी हुन आएको निक्षेप,
(घ) कानून बमोजीम सुरक्षित साहुको रुपमा मान्यता प्राप्त व्यक्तिहरुको स्वीकृत दाबी ।
(२) उपदफा (१) मा उल्लिखित क्रम अनुसार भुक्तानी गर्दा कुनै वर्गको स्वीकृत दाबीको रकम भुक्तानी गर्न अपर्याप्त भएमा समान वर्गका दाबीकर्ताहरुलाई समानुपातिक रुपमा रकम विवरण गर्नु पर्नेछ ।
(३) निक्षेपकर्ता वा सुरक्षित साहुहरुलाई दाबीको भुक्तानी गर्दा राष्ट्रियता, बसोबासको स्थान वा क्षेत्राधिकार जस्ता कुनै पनि आधारमा भेदभाव नगरी समान रुपले भुक्तानी गर्नु पर्नेछ ।
(४) समयमै दाबी पेश गर्ने सुरक्षित साहुहरुको स्वीकृत दाबी सुरक्षणमा रहेको सम्पत्तीको बिक्रीबाट प्राप्त रकमले खामेसम्म पहिलो प्राथामिकतामा राखी भुक्तानी गर्नु पर्नेछ । त्यस्तो सुरक्षणले नखामेको दाबी अन्य साहुहरुको दाबी सरह हुनेछ ।
(५) दफा ८८ठ. को उपदफा (४) बमोजीम सिर्जना हुन सक्ने आर्थिक क्षतिपूर्ति सम्बन्धी दायित्व बहन गर्ने प्रयोजनका लागि विशेष प्रशाषन समूहले त्यस्तो सम्बन्धीत वाणिज्य बैंकवा वित्तीय संस्थाको सम्पत्ती बिक्रीबाट प्राप्त भएको रकमको दुई प्रतिशत रकम छुट्टै खाता खडा गरी जम्मा गर्नु पर्नेछ ।
(६) निक्षेपकर्ता तथा सुरक्षित साहुहरुलाई भुक्तानी गरी उपदफा (५) बमोजीम रकम छुट्याइयपछि बाँकी हुन आउने रकम प्रचलित कानून बमोजीम तिर्नु बुझाउनु पर्ने कर, दस्तुर, शुल्क सो वाणिज्य बैंकवा वित्तीय संस्थाको अन्य साहु वा स्वीकृत दाबीकर्ताहरु तथा शेयरधनी वा अन्य प्रकारले स्वमित्व ग्रहण गरेका व्यक्तिहरुलाई दफा ८८ण. को उपदफा (३) बमोजीम नियुक्त लिक्विडेटरले प्रचलित कानून बमोजीम तोकिएको प्राथामिकताका आाधारमा समानुपातिक रुपमा वितरण गर्नु पर्नेछ ।