दफा ४५
भुक्तानी
: (१) नेपाली मुद्रामा तिर्न सकिने दफा ४२, ५३ र ५४ बमोजिमको भुक्तानी बाहेक ठेकेदारले यस सम्झौताबमोजिम नेपाल सरकारलाई बुझाउनु पर्ने रकम डलरमा बुझाउनु पर्नेछ ।
(२) नेपाल सरकारले यस सम्झौता बमोजिम ठेकेदारलाई भुक्तानी दिनुपर्ने सम्पूर्ण
रकम नेपाली मुद्रामा दिनेछ । सो रकम ठेकेदारले ऐनको दफा १५ बमोजिम विदेशी मुद्रामा परिवर्तन गर्न सक्नेछ । विदेशी मुद्रामा उल्लिखित दायित्वको भुक्तानी, भुक्तानी गरिने दिनमा
नेपाल राष्ट्र बैंकको दरमा त्यस्ता दायित्व पूरा गर्न चाहिने विदेशी मुद्रा खरिद गर्न पर्याप्त हुने गरी गरिनेछ ।
(३) विदेशी मुद्राको सटही गर्ने प्रयोजनको लागि नेपाली मुद्राको सन्दर्भमा विदेशी मुद्राहरूको मूल्य भुक्तानी गरेको दिनमा लागू हुने राष्ट्र बैंकको खरिद तथा बिक्री दरमा निर्धारण गरिनेछ ।