नियम ६क
भुक्तानी
(१) सरकारी निकायले विज्ञापन वा सूचना प्रकाशन तथा प्रसारण बापतको रकम भुक्तानी यस नियमको अधीनमा रही गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम सरकारी निकायले भुक्तानी गर्दा सञ्चार माध्यमबाट सोझै प्रकाशन वा प्रसारण भएको भए त्यस्तो सञ्चार माध्यमले जारी गरेको बिल बमोजिम तथा नियम ५ग. को उपनियम (३) बमोजिम विज्ञापन एजेन्सी मार्फत प्रकाशन तथा प्रसारण गरिएको भए सञ्चार माध्यमले जारी गरेको बिलको प्रतिलिपि सहित त्यस्तो एजेन्सीको सेवा शुल्क खुल्ने गरी सो एजेन्सीले जारी गरेको बिल बमोजिम नियम ५ख. बमोजिमको दररेटको आधारमा गर्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिम सञ्चार माध्यम वा विज्ञापन एजेन्सीलाई रकम भुक्तानी गर्नु अघि ऐनको दफा २१ को उपदफा (२) को खण्ड (ख) बमोजिमको रकम कट्टा गर्नु पर्नेछ।
(४) उपनियम (३) बमोजिम कट्टा गरिएको रकम बोर्डको कोषमा जम्मा गरी सोको जानकारी बोर्डलाई दिनु पर्नेछ।