नियम ४३
मत सङ्क्रमण नहुने
नियम ४२ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहाय बमोजिमको मतपत्रको मत सङ्क्रमण हुने छैन ः-
(क) पहिलो प्राथमिकता सही रुपमा जनाएको तर दोस्रो प्राथमिकता नजनाएको,
(ख) पहिलो प्राथमिकता सही रुपमा जनाएको तर दोस्रो प्राथमिकता कुन उम्मेदवारलाई दिएको हो, सो छुट्टिन नसक्ने गरी प्राथमिकता जनाएको,
(ग) पहिलो प्राथमिकता सही रुपमा जनाएको तर दोस्रो प्राथमिकता नजनाई तेस्रो प्राथमिकता जनाएको,
(घ) पहिलो प्राथमिकता सही रुपमा जनाएको तर दोस्रो वा तेस्रो प्राथमिकता आयोगले निर्धारण गरे बमोजिम नजनाएको,
(ङ) तेस्रो प्राथमिकताको उम्मेदवारलाई मत वितरण गर्नु पर्नेमा सो प्राथमिकता नजनाएको,
(च) तेस्रो प्राथमिकताको उम्मेदवारलाई मत वितरण गर्नु पर्नेमा सो प्राथमिकताको उम्मेदवार निर्वाचित भई सकेको वा मतगणना प्रकृयाबाट बाहेक भई सकेको,
(छ) तेस्रो प्राथमिकताको उम्मेदवारलाई मत वितरण गर्नु पर्नेमा सो प्राथमिकता कुन उम्मेदवारलाई दिएको हो, सो छुट्टिन नसक्ने गरी प्राथमिकता जनाएको ।