दफा ४७
मतगणना गर्ने स्थानमा प्रवेश
(१) सम्बन्धित निर्वाचन अधिकृतले उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि, मतगणनाको काममा खटिएका व्यक्तिहरु, पर्यवेक्षण तथा अनुगमनका लागि खटिएका व्यक्तिहरु, सुरक्षाको लागि खटिएका कर्मचारीहरु तथा आयोगले खटाएको व्यक्तिलाई मतगणना गर्ने स्थानमा प्रवेश गर्न अनुमति दिन सक्नेछ ।
(२) मतगणना गर्ने काममा बाधा पुर्याउने कुनै पनि व्यक्तिलाई निर्वाचन अधिकृतले मतगणना गर्ने स्थानबाट बाहिर जान आदेश दिन सक्नेछ र त्यस्तो आदेश पाएको व्यक्तिले मतगणना गर्ने स्थानबाट बाहिर जानु पर्नेछ । त्यस्तोआदेश पालना नगरी अटेर गर्ने व्यक्तिलाई निर्वाचन अधिकृतको आदेश बमोजिम सुरक्षाकर्मीले त्यस्तोस्थानबाट बाहिर पठाउनेछ ।