नियम २२
मतगणना प्रतिनिधि
(१) मतगणना सम्बन्धी कामको लागि उम्मेदवार वा निर्वाचन प्रतिनिधिले निर्वाचन अधिकृतले तोकिदिएको सङ्ख्यामा मतगणना प्रतिनिधि नियुक्त गर्न सक्नेछ ।
(२) नियम १० बमोजिमको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र लेखपढ गर्न जान्ने व्यक्तिलाई मतगणना प्रतिनिधि नियुक्त गर्न सकिनेछ ।
(३) मतगणना प्रतिनिधिको कार्यावधि उम्मेदवार वा निर्वाचन प्रतिनिधिले अगावै खारेज गरेमा बाहेक निर्वाचन परिणाम घोषणा नभएसम्म कायम रहनेछ ।
(४) मतगणना प्रतिनिधिलाई निर्वाचन अधिकृतले परिचयपत्र दिनु पर्नेछ ।
(५) शान्तिपूर्ण ढङ्गबाट मतगणना कार्य सम्पन्न गर्न सहयोग गर्नु तथा मतगणना गर्दा तयार गर्नुपर्ने मुचुल्कामा सहीछाप गर्नु मतगणना प्रतिनिधिको कर्तव्य हुनेछ ।