दफा ४८
मतगणना लगातार गर्ने
(१) निर्वाचन अधिकृतलेमतगणना प्रारम्भ गरेपछि मतगणना समाप्त नभएसम्म त्यस्तोमतगणनाको काम लगातार गर्नु पर्नेछ ।
(२) काबूबाहिरको परिस्थिति परी मतगणनाको काम बीचैमा रोक्नु परेमा निर्वाचन अधिकृतले गणना गरिसकेका मतपत्रहरु, मतगणना अभिलेखहरु, मतगणना गर्न बाँकी रहेका मतपत्रहरु र मतगणना गर्न बाँकी मतपेटिकाहरुको लगत समेत अलग अलग खाम, थैलो वा बोरामा बन्द गरी आफ्नो लाहाछाप लगाउनु पर्नेछ । उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिले समेत त्यस्तो खाम, थैलो वा बोरामा आफ्नो लाहाछाप लगाउन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम रोकिएको मतगणनाको काम यथाशक्य पुन प्रारम्भ गर्नु पर्नेछ । यसरी मतगणना पुन प्रारम्भ हुने सूचना त्यस्तो स्थानमा उपस्थित उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिलाई दिनु पर्नेछ र मतगणना गर्ने स्थानमा समेत प्रकाशन गर्नु पर्नेछ ।
तर कुनै उम्मेदवार वा उम्मेदवारको प्रतिनिधि उपस्थित हुन नआएको कारणले मतगणना गर्ने काममा बाधा पुगेको मानिने छैन ।