दफा ४७
मतगणना
(१) निर्वाचन अधिकृतले दफा ४६ बमोजिमको सूचनामा उल्लेख गरिएको स्थान, मिति र समयमा तोकिए बमोजिम मतगणना प्रारम्भ गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको मतगणना गर्ने स्थान, मिति र समयमा उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि उपस्थित रहन सक्नेछन्।
(३) मतगणना गर्दा सङ्घीय संसदका सदस्यले दिएको मत र प्रदेश सभाका सदस्यले दिएको मत छुट्टाछुट्टै गणना गर्नु पर्नेछ ।