नियम २८
मतगणना

(१) नियम २७ बमोजिम मतपेटिका जाँच गरेपछि निर्वाचन अधिकृतले मतगणना गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम मतगणना गर्दा गाउँपालिका वा नगरपालिकाको निर्वाचनको हकमा प्रत्येक वडाको मतपेटिका अलग अलग रुपमा गणना गर्नु पर्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम मतगणना कार्य समाप्त भएपछि नियम २७ को उपनियम (३) बमोजिम कैफियत देखिएका मतपेटिकाको सम्बन्धमा सहमति कायम गरी मतपत्र गणना गर्नु पर्नेछ । सहमति कायम हुन नसकेमा आयोगलाई जानकारी गराई आयोगको निर्देशन बमोजिम गर्नु पर्नेछ ।
(४) यस नियम बमोजिम मतगणना गर्दा अनुसूची–१९ बमोजिमको मतगणना तालिका तयार गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम मतगणना तालिका तयार गर्दा गाउँपालिका वा नगरपालिकाको हकमा प्रत्येक वडाको अलग अलग मतगणना तालिका तयार गर्नु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम तयार भएका सबै वडाको मतगणना तालिका बमोजिम अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखले प्राप्त गरेको मतको आधारमा छुट्टै तालिका तयार गर्नु पर्नेछ ।
(७) उपनियम (४), (५) वा (६) बमोजिम मतगणना तालिका तयार गरिसकेपछि सोही आधारमा अनुसूची–२० बमोजिम निर्वाचन परिणाम घोषणा गरी प्रकाशन गर्नु पर्नेछ ।
(८) निर्वाचन अधिकृतले उपनियम (७) बमोजिम घोषणा गरेको निर्वाचन परिणामको एक प्रति आयोगमा तुरुन्त पठाउनु पर्नेछ ।
(९) निर्वाचन अधिकृतले निर्वाचन परिणामको घोषणा गरिसकेपछि निर्वाचित उम्मेदवारलाई अनुसूची–२१ बमोजिमको प्रमाणपत्र दिनु पर्नेछ ।