नियम ५
मतदाता नामावली तयार गरी प्रकाशन गर्ने
(१) आयोगले निर्वाचनको प्रयोजनको लागि सङ्घीय संसदको सदस्य पदमा बहाल रहेका व्यक्तिको विवरण सङ्घीय संसद सचिवालयबाट र प्रदेश सभाको सदस्य पदमा बहाल रहेका व्यक्तिको विवरण सम्बन्धित प्रदेश सभा सचिवालयबाट माग गरी मतदाता नामावली तयार गर्नु पर्नेछ ।
(२) आयोगले उपनियम (१) बमोजिम तयार गरेको मतदाता नामावली निर्वाचन अधिकृतलाई उपलब्ध गराउनु पर्नेछ र निर्वाचन अधिकृतले निर्वाचन कार्यक्रममा तोकिएको मिति र समयमा सो मतदाता नामावली आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ ।
(३) यस नियम बमोजिमको मतदाता नामावली आयोगको वेबसाइटमा प्रकाशन गरिनेछ ।