दफा
मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने
(१) आयोगले आफ्नो प्रत्यक्ष रेखदेख, नियन्त्रण, सुपरीवेक्षण र निर्देशनमा प्रत्येक निर्वाचन क्षेत्रभित्रका गाउँपालिका र नगरपालिकाको वडाको मतदाता नामावली सङ्कलन गर्ने तथा त्यसको अद्यावधिक गर्ने कार्य गर्नेछ ।
(२) आयोगले उपदफा (१) बमोजिम मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्दा आयोगबाट निर्धारित स्थान र समयमा एकै पटक वा पटक पटक हुने गरी तोक्न सक्नेछ ।
तर,
(१) कुनै एक गाउँपालिका वा नगरपालिकाको कुनै एक वडाको मतदाता नामावली सङ्कलन वा अद्यावधिक गर्दा एकै पटक गर्नु पर्नेछ ।
(२) निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन ।
(३) मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्दा सर्वसाधारणलाई सूचना दिने लगायत अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।