नियम २३
मतदान केन्द्र तोक्ने
(१) आयोगले ऐनको दफा ३० को उपदफा (१) बमोजिम मतदान केन्द्र तोक्दा निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्लाभित्र मतदाताको सुविधा तथा सुरक्षाको दृष्टिकोणबाट उपयुक्त स्थानमा मतदान केन्द्र रहने गरी तोक्नु पर्नेछ । (२) उपनियम (१) बमोजिम मतदान केन्द्र तोक्दा सङ्घीय संसदका सदस्य र प्रदेश सभाका सदस्यले मतदान गर्नको लागि अलग अलग मतदान केन्द्र तोक्नु पर्नेछ । यसरी मतदान केन्द्र तोक्दा एउटै स्थान वा अलग अलग स्थानमा तोक्न सकिनेछ । (३) उपनियम (१) बमोजिम मतदान केन्द्र तोकिएको सूचना निर्वाचन अधिकृतले आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ । (४) मतदान केन्द्र तोक्दा अपनाउनु पर्ने अन्य आधारहरू आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।