दफा ३५
मतदानको प्रकृया
(१) मतदान केन्द्रमा मतदानको लागि उपस्थित मतदातालाई मतदान
अधिकृतले तोकिए बमोजिमको रीत पुर्याई मतपत्र दिनेछ ।
(२) मतदातालाई मतपत्र दिनुअघि मतदान अधिकृतले मतदाता नामावलीमा तोकिए बमोजिमको व्यहोरा जनाई तोकिए बमोजिम मतपत्र दिनेछ ।
(३) मतदाताले मतपत्रमा तोकिए बमोजिमको छाप वा चिह्न गोप्य तवरले लगाई मतदान गर्नु पर्नेछ ।
(४) मतदाताले यस ऐन बमोजिम मतदान गर्दा मतपत्रमा आफूले रोजेको कुनै एक जना उम्मेदवारको कोठामा उपदफा (३) बमोजिमको छाप वा चिह्न लगाई तोकिए बमोजिम मतपेटिकामा खसाली मतदान गर्नु पर्नेछ ।
(५) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मतदान गर्ने प्रयोजनको लागि विधुतीय उपकरण प्रयोग गरिएको अवस्थामा मतदाताले तोकिए बमोजिम विधुतीय उपकरणद्वारा मतदान गर्नु पर्नेछ ।