दफा ३४
मतदानको प्रकृया
(१) मतदान केन्द्रमा मतदानको लागि उपस्थित मतदातालाई मतदान
अधिकृतले तोकिए बमोजिमको रीत पुर्याई मतपत्र दिनेछ ।
(२) मतदातालाई मतपत्र दिनु अघि मतदान अधिकृतले मतदाता नामावलीमा तोकिए बमोजिमको व्यहोरा जनाई आयोगले निर्धारण गरे बमोजिमको मतपत्र दिनेछ ।
(३) मतदाताले मतपत्रमा तोकिए बमोजिमको छाप वा चिन्ह गोप्य तवरले लगाई मतदान गर्नु पर्नेछ ।
(४) मतदाताले मत सङ्केत गर्दा आयोगले निर्धारण गरेको मतपत्रको एक वा एक भन्दा बढी मत सङ्केत गर्न तोकेको कुनै कोठामा गोप्य रुपमा उपदफा (३) बमोजिमको छाप वा चिन्ह लगाई तोकिए बमोजिम मतदान गरी मत पेटिकामा खसाउनु पर्नेछ ।
(५) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मतदान गर्ने प्रयोजनको लागि विधुतीय उपकरण प्रयोग गरिएको अवस्थामा मतदाताले तोकिए बमोजिम विधुतीय उपकरणद्वारा मतदान गर्नु पर्नेछ ।