दफा ५२
मतपत्र बदर हुने अवस्था
देहायकोअवस्थामा मतपत्र बदर हुनेछः-
(क) सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको,
(ख) औँठाछाप लगाई वा दफा ३५ को उपदफा (३) बमोजिमको छाप वा चिह्न बाहेक अन्य छाप वा चिह्न लगाई मत सङ्केत गरिएको,
(ग) मत सङ्केत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको,
(घ) उम्मेदवारको नाम रहेको कोठामा मत सङ्केत नगरी अन्यत्र मत सङ्केत गरिएको,
(ङ) एकभन्दा बढी उम्मेदवारको नाम रहेको कोठामा छुट्टाछुट्टै मत सङ्केत गरिएको,
(च) एकभन्दा बढी उम्मेदवारको नाम रहेको कोठामा मत सङ्केतको चिह्न पर्ने गरी मत सङ्केत गरिएको,
(छ) मत सङ्केत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको,
(ज) कुनै पनि उम्मेदवारकोनाम रहेको कोठामा मत सङ्केत नगरिएको,
(झ) आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको,
(ञ) मतपेटिकाभन्दा बाहिर राखिएको,
(ट) जाली मतपत्र,
(ठ) आयोगले बदर हुने भनी तोकेको मतपत्र ।